आन्तरिक हवाई उडानमा अत्यधिक चाप

न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

​​​​​​​काठमाडौँ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चार पाङ्ग्रे सवारी साधनहरूलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि फूलपातीसम्म यो व्यवस्था लागू गरिएको जनाएको छ ।

कार्यालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जनाएको छ । 

चाडबाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौँको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ५१ बजे