आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नागरिकता विधेयकमाथिको सुनुवाइ सर्‍यो

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ दायर मुद्दाको सुनुवाइ सरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको मुद्दाको  सुनुवाई आज नभएको हो । मुद्दाको सुनुवाई आगामी आइतबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। 

अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिरहेको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : २२ बजे