आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लौरो चिह्न स्वतन्त्रको भन्दै भ्रामक प्रचार नगर्नु : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ ।

यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानून सम्मत नदेखिएको बताएको छ ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगले पत्रमा भनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : १८ बजे