आन्तरिक हवाई उडानमा अत्यधिक चाप

परराष्ट्र मन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता 

काठमाडौँ । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु)को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गरेको छ । 

युरोपेली संसद्की उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रीसँग भेटवार्ता गरेको हो । 

भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवर्द्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । 

युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौँ आइपुगेको हो । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ४५ बजे