थप ५७ वटा हिमाल आरोहणका लागि खुला

युरोपेली सांसदहरूको टोली र एमाले उपमहासचिव ज्ञवालीबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा आएको १०औँ युरोपेली संसद्का सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ । 

संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा.अञ्जान शाक्यले जानकारी दिनुभयो ।

भेटमा युरोपेली सङ्घले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मङ्सिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित भएको थियो ।

युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताउनुभयो।

“नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ” उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ ।”

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ४१ बजे