आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचन आयोगको सरकारलाई निर्देशन : कर्मचारीहरुको सरुवा नगर्नु

काठमाडौँ – कर्मचारीहरुको सरुवा नगर्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आज एक विज्ञप्ति जारीगर्दै असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।

आयोगले सरकारलाई असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ३९ बजे