थप ५७ वटा हिमाल आरोहणका लागि खुला

कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । 

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधवार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको छैन  । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीको साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ४० बजे