आन्तरिक हवाई उडानमा अत्यधिक चाप

टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ । 

बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो । 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ४१ बजे