‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बारामा ५० केजी गाँजा बरामद

काठमाडौं । ​​​​​​​बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट ५० केजी अवैध लागूऔषध गाँजा मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । 

हाल नम्बर नखुलेको मोटरसाइकलमा बोरामा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बरामद गरेको हो । 

अपरिचित मोटरसाइकल चालकले बोरा फालेर फरार भएपछि उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५६ बजे