‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।

महानगरले आज सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो । “असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ” महानगरले भनेको छ ।

नियम उल्लङ्घन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ४२ बजे