सुनको मूल्यमा नयाँ कीर्तिमान

मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता  

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलवारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन् । 

प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कार स्वरूप प्रदान गरिने छ । 

प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । 

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन् । 

खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ । रासस

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : १४ बजे