सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

कपाल र दाह्री काटेको शुल्कमा वृद्धि

काठमाडौं । नेपाल नाई संघले कपाल काटेको र दाह्री काटेको शुल्कमा वृद्धि गरेको छ ।

नेपाल नाई संघ काठमाडौं उपत्यका समितिले आज एक सूचना जारी गर्दै असोज १ गतेबाट नयाँ शुल्क लागू हुने भन्दै नयाँ दररेट सार्वजनिक गरेको छ ।

संघले जारी गरेको नयाँ शुल्क अनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ र दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ पर्ने छ । यसअघि कपाल काटेको र दाह्री काटेको शुल्क १५० रुपैयाँ थियो ।

संघको काठमाडौं जिल्ला समिति अध्यक्ष राजेश ठाकुरका अनुसार सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ०० बजे