आन्तरिक हवाई उडानमा अत्यधिक चाप

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

काठमाडौँ । आगामी मङ्सिर ४  गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने आज अन्तिम दिन रहेको छ । 

पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ ।

काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलहरूले भने आज बन्द सूची बुझाउने भएका छन् । 

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६  दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्द सूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ ।

समानुपातिक तर्फको बन्द सूचीमा दलहरूले कुल उम्मेदवार मध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ । 

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५२ बजे