संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । संविधान दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । 

जनताबाट निर्वाचित जनप्रविधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिन । नेपालको संविधान २०७२ लाई तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नुभएको थियो ।

दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा  पनि दिएको छ ।  सङ्घीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसद्को कार्यकाल पनि शनिवार मध्यराति सकिसकेको छ । 

आगामी ४ मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदै छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : १५ बजे