सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

राजमार्गमा दृष्य एक, पीडा अनेक

सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे 

काठमाडौं । सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा सेयर बजार बन्द भएको छ । 

२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ । 

सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।
 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ०२ बजे