आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निलम्बित प्रधानन्यायाधीश जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन रोक

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । 

आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो । 

जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उहाँलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । 

शनिवार मध्यरातबाट आफू विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वोच्च अदालत आउने बताउनुभएको थियो। 

जबराविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उहाँ निलम्बनमा परेका पर्नुभएको थियो।

महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिवार प्रतिवेदन बुझाएको थियो । 

 

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ५७ बजे