‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नयाँ बानेश्वरको ‘सूर्य उजेली’ भवनमा पनि महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका टहरामा डोजर चलाएको छ। महानगरपालिकाले नयाँ बानेश्वर रहेका बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको हो।

महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो। तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ।

डोजर चलाउँदा केहीबेर प्रहरी र स्थानीयबीच धरपडक समेत भएको थियो। यसअघि दिएको ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले टहरा भत्काउने कामलाई तिव्रता दिएको छ।

आजमात्रै महानगरपालिकाले थापागाउँ,नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ०४ बजे