देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जनमत पार्टीको अध्यक्षमा सीके राउत नै दोहोरिने सम्भावना 

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय अध्यक्षमा राउतले नै दोहोरिने पक्का भएको छ । पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि अन्य नेताको उमेदवारी नपरेकाले राउत निर्विरोध अध्यक्ष हुने देखिएको हो ।

पार्टीको विधानअनुसार उपाध्यक्ष पदमा बढीमा ७ जना राख्न पाइने भएपनि चार जनाको मात्र उमेदवारी परेको छ । 

यस्तै महासचिवमा चन्दनकुमार मिश्रको मात्र उमेदवारी परेको छ । उपमहासचिवमा भने हालसम्म कसैको उमेदवारी परेको छैन । यस्तै सचिव पदमा बढीमा सात जनासम्म राख्न पाइने भएपनि ई. सुरेन्द्र नारायण यादवको मात्र उमेदवारी परेको छ । त्यस्तै गैरआवासीय मधेशी संघमा ४ सिटका लागि ५ जना र महिला १५ सिटमा मात्र १३ जनाले उम्मेदवारी दिएका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरधामस्थित बाह्रविघा मैदानमा चैत २८ गते हुने बताईएको छ । 
 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ०४ बजे