एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा केही बेरपछि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षा गर्नुहुने जनाइएको छ ।

संसद्को पदावधि सकिनु पूर्व सन्ध्यामा संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले सांसदहरूलाई धन्यवाद दिने र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुन निर्देशन दिनुहुने जनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ०० बजे