‘एउटै नाउरको सिकार गर्न २३ लाख’

डेंगु फैलिएपछि काठमाडौँ महानगरले सुरु गर्‍यो हटलाइन सेवा र निःशुल्क एम्बुलेन्स

काठमाडौँ । डेंगु फैलिएपछि काठमाडौँ महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । 

महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो । 

डेंगु सङ्क्रमित भए वा भएको शङ्का लागेमा  ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ ।  आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ ।  

“डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्यधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो”, उहाँले भन्नुभएको छ, “यसका लागि महानगर पहिलेदेखि नै महानगर स्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।”

भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : २७ बजे