काठमाडौँ महानगरमा असोज १ गतेदेखि सार्वजनिक स्थलमा धूम्रपान निषेध

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र आगामी शनिवारदेखि धूम्रपान निषेध गरिने भएको छ ।

महानगरले आज सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ ।

अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ । सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याएको थियो । 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : २२ बजे