तिम्रो रहरले म यो संसारमा आएँ,
यो संसार मेरा लागि रहरलाग्दो बनाइदेऊ !
मेरो रुवाई, मेरो रिस बुझिदेऊ,
मनभरि कुरा लुकाएर
मैले नबोलेको मेरो चुप्पी सुनिदेऊ,
तिमीसँग जति जीवनका अनुभव मसँग छैन
यति साँचो कुरा बुझिदेऊ
तर कुनैबेला त तिमी मेरो उमेरका थियौ,
एक पटक मेरो ठाउँमा उभिएर त सोचिदेऊ !
सपना पूरा नहुँदाको पीडा तिमीलाई थाह छ,
त्यसैले मलाई मेरा आफ्नै सपना देख्न र पूरा गर्न देऊ,
मलाई उडान भर्ने साहस देऊ,
लडिहालेँ भने
तिम्रो साथ सधै छ भन्ने सान्त्वना देऊ !
तिमीलाई म विनासर्त माया गर्नेछु,
त्यो माया कस्तो हुन्छ ?
तिमी मलाई देखाइदेऊ !
प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ८ : ५७ बजे
प्रतिक्रिया