आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा एक सय सैनिकको मृत्यु

अर्मेनिया । आर्मेनिया र अजरबैजानबीच  भएको भिडन्तमा दुबैतर्फ गरी झन्डै एक सय सैनिकको मृत्यु भएको भएको छ । 

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताउनुभएको छ। त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ ।

छिमेकी दुई राष्ट्रहरूले दुई वटा युद्ध लडेका छन् र तीन दशकमा नियमित रूपमा साना झडपहरू देखेका छन् । मङ्गलवार रसियाले पछिल्लो अशान्तिका लागि युद्ध विरामको मध्यस्थता गरेको बताएको छ ।

नागोर्नो–काराबाख क्षेत्र दुई देशको विवादको केन्द्रबिन्दु हो । यो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना अनुसार अजरबैजानको एक भाग हो ।

आर्मेनिया बहुसङ्ख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ को अन्त्यमा सोभियत सङ्घको विघटनअघि दुवै देश सोभियत सङ्घको हिस्सा थिए। एजेन्सी

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३८ बजे