बागमती प्रदेश : एकैदिन  ८७८ जनामा डेंगु संक्रमण,  संक्रमितको संख्या ७ हजार ५३२ पुग्यो,सबैभन्दा धेरै ललितपुरमा

हेटौंडा । बागमती प्रदेशमा आज एकैदिन थप ८७८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। नरेन्द्र झाका अनुसार सोमबार संक्रमितको संख्या ६ हजार ६५४ रहेकोमा मंगलबार ७ हजार ५३२ पुगेको छ । प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित लतिपुरमा छन् । ललितपुरमा मात्रै हालसम्म ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार २०७, चितवनमा १७९, धादिङमा १२१ र अन्य जिल्लाहरुमा पनि संक्रमित भेटिएका छन् । 

संक्रमित अधिकाँश बालबालिका र वृद्धवृद्धा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

संक्रमित भई गम्भीर बिरामी परेकाहरुको  काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, हेटौंडा अस्पताल, चितवनको भरतपुर सरकारी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ जनास्वास्थ्य प्रशासक झाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : २८ बजे