आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राणाले दिए ४३ वटै प्रश्नको जवाफ : फेरी प्रतिप्रश्न साेधिने

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिलाई  ४३ वटै प्रश्नको जवाफ दिनुभएसँगै उहाँसँगको बयान सकिएको छ ।  

प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेको थियो । जबराले आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिनुभएको थियो । आज उहाँले बाँकी प्रश्नको जवाफ दिनुभएसँगै उहाँसगको बयान सकिएको हो । 

अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ ।

यसैबीच राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ।

समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको हो । 

समिति र संसदको म्याद सकिनै लाग्दा समेत बयान नसकि प्रतिप्रश्न र अन्यव्यक्तिलाई बोलाइएर समय घर्काइरहेको  समितिले बेलैमा प्रतिवेदन नबुझाए जबरामाथिको महाअभियोग कोमामा पुग्ने खतरा छ । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : २७ बजे