काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने हुनुभएकाे छ । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने हुनुभएकाे हाे ।
‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु,’ सावित्राले भन्नुभयाे । चार दिनदेखि ज्वरोको कारण उहाँ टिमको प्रशिक्षण सामेल हुनुभएकाे थिएन ।
नेपालले सोमबार साँझ ०५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दैछ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । यस्तै, समूहमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
आज श्रीलंकाविरुद्ध खेलमा बराबरी वा पाँच गोलको अन्तरभन्दा कमले पराजित भएमा पनि नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । तर, पाँच गोलको अन्तरमा नेपाललाई पराजित गरे श्रीलंकाले सेमिफाइनल यात्रा तय गर्नेछ ।
प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ४ : २८ बजे
प्रतिक्रिया