आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश जबरासँग पाँचौँ पटक बयान लिँदै

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदै छ ।

आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसद्मा बुझाउने छ । 

प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले आज नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसद्मा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।

एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफू विरुद्ध मत नदिनेमा ढुक्क देखिनुभएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १० : २० बजे