सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

काठमाडौँ । सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

आइतबार बसेको शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको थियो । कार्यदलले सिट बाँडफाँडका कतिपय कुरा मिलाइसकेको कतिपय कुरा मिल्न बाँकी रहेको रिपोर्टिङ भएको थियो । आइतबार भएको कार्यदलको रिपोर्टिङको आधारमा आजको बैठकमा छलफल हुने र सबै विषयमा टुङ्गोमा पुग्ने जनाइएको छ ।  

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ०१ बजे