सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४७ अकंले घटेर १९२६.२८ बिन्दुमा बन्द भएको छ ।

सेयर बजार घटेसँगै आइतबार कारोबार पनि घटेको छ । आज सूचीकृत २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुदाँ ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १५६ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज मैलुङखोला जलविद्युत्त कम्पनीको सेयरमुल्य ४.५६ प्रतिशतले बढेर ५०४ रुपैयाँ पुगेको छ । यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३ करोड ९५ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ३६ बजे