‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। 

नाबालिगकलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन्। 

प्रहरी बृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरिसकेको छ। 

आइतवार साँझसम्म नेपाल आइपुग्न लागेका उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतवार साँझसम्म उनी नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ।

क्यारेबियन प्रिमियर लिग (सीपिएल) क्रिकेट खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले दुई दिनअघि आफू केही दिनभित्र नेपाल फर्कने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ०२ बजे