‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एक केजी सुनसहित दुई जना पक्राउ 

काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : २८ बजे