अव्यवस्थित प्रचार सामग्री हटाउने अभियान

काठमाडौँ । शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । 

नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिनुभयो । 

नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको शेर्पाले जानकारी दिनुभयो । 

नगरपालिकाले वडा नं ९ देखि सुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो । प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख रमेश नापितको निर्देशनमा हटाउन थालिएको हो । 
 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : ०४ बजे