सिक्लेस हाइड्रोपावरको बुधवारदेखि आइपिओ खुला हुने

काठमाडौँ । सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधवारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो ।

योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा१२ असोजेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।

 

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ४१ बजे