यस्तो छ आजको विनिमय दर

विद्यालय हिँडेका बुटवलका तीन विद्यार्थी बेपत्ता

बुटवल । विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रवार घर नफर्किएपछि उनीहरूको खोजी गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।

शुक्रवार बिहान विद्यालय गएका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गा नगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नवीन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने एक जना विद्यार्थी शुक्रवारदेखि सम्पर्कविहीन छन्। तीनै जना विद्यार्थीसँगै निस्केका थिए। 

विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताउनुभयो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ११ बजे