थप ५७ वटा हिमाल आरोहणका लागि खुला

दार्चुलामा बाढीले दर्जन बढी घर बगायो

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा गए राती देखिको अविरल वर्षासँगै आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ। 

बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्  भने  एउटा झोलुङ्गे पुल र एउटा पक्की पुल समेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । 

लास्कु खोला र महाकाली नदीमा ठुलो बाढी आएको र बाढीका कारण हालसम्म ११ जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताउनुभयो  । केही रोकेर राखिएका केही यातायातका साधन समेत बगाएको उहाँले जानकारी दिनुभयो । 

लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।

हाल पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको र घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।

तस्बिर : नेपाल प्रेस 

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ५८ बजे