यस्तो छ आजको विनिमय दर

बाँकेमा डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन हुने

कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि शुक्रवार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिइएको बताउनुभयो । 

उहाँले डेङ्गु विरुद्धको अभियानमा सम्पूर्ण नगरवासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

भेरी अस्पताल नेपालगञ्जका डा राजन पाण्डेले डेङ्गु अहिले विश्वमै स्वास्थ्य समस्याको रूपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभाबी औषधि सेवन नगर्न सुझाव दिनुभयो । भेरी अस्पतालमा डेङ्गु भन्दा स्क्रब टाइफसलगायतका बिरामी बढी भएको उहाँको भनाइ छ ।

भेरी अस्पतालका डा बद्री चापागाईँले अस्पतालमा बिरामीको चाप अधिकतम रहेको र शय्या अभाव रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, तेज वलीलगायतले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ३४ बजे