काठमाडौँ । साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।
गत चैतयता काठमाडौँमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो ।
तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ ।
काठमाडौँ महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदै छ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौँका सडकमा फोहोर देखिन छाडेको छ ।
प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ९ : ५३ बजे
प्रतिक्रिया