‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ । 

महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै बिहीबारदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गर्नुभयो । 

पटक पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगत रूपमा उत्रिनु परेको उहाँको भनाइ थियो । महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको वडा नं ८ का अध्यक्ष सङ्गतले सुनाउनुभयो । 

पाशुपत क्षेत्रका पसल व्यवसायीलाई बिहीबार अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे  आजदेखि महानगरले सामान उठाएर लानेसमेत सङ्गतले जानकारी दिनुभयो । 

पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना बिहीबारदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । 

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीले चाडबाडका बीचमा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडाको सूचनालाई आत्मसात् गर्दै संरचना तथा पसल तत्काल हटाउने बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : १६ बजे