‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

झापामा पाँच वर्षीया बालिका बलात्कृत 

झापा । झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ । 

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १२ : ५४ बजे