‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नक्सा पास बिना निर्माण भएका कम्पाउन्डको पर्खाल ३५ दिनभित्र हटाउन निर्देशन

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत रूपमा मापदण्ड विपरीत निर्माण भएका कम्पाउन्डको पर्खाल ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । 

नक्सा पास बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्ने तर नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले ३५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

महानगरको सहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पास गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल  सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन भनेको छ।

विभागले ३५ दिनको समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा  महानगरबाट टोली अटाई त्यस्ता सीमा पर्खाल हटाइनेछ जनाएको छ । विभागले पर्खाल  हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने ब्यहोरा समेत सूचनामार्फत सम्बद्ध सबै सरोकारवालालाई जानकारी गराएको छ  ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १० : ०८ बजे