‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सेतो क्याप र निलो टिशर्टमा युवतीसहित ७ घन्टा होटलमा बसेका थिए सन्दीप 

काठमाडौं । प्रहरीले राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने भदौ ५ गते बेलुका अबेर सिनामंगलस्थित एक होटलमा युवतीसहित पुगेको पुष्टि गरेको छ ।

गत बुधबार सन्दीपविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा पत्ता लगाएको छ ।

पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् ।

ती प्रहरीका अनुसार सन्दीप र पीडित युवती उक्त होटलमा करीब ७ घण्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको छ ।

प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी गरिरहेको जनाएको छ ।

जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगी रातभर पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : ४८ बजे