‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बच्चा चोर्न आएको आशंकामा वीरगन्जबाट समातिए तीन भारतीय महिला 

वीरगन्ज । वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिलालाई पक्राउ गरिएको छ । उनीहरुलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट स्थानीयले  नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् । 

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार , बुधबार बिहान ९ बजे तिर बजार छपकैयाका स्थानीय एक व्याक्तिको घरमा छिरेका  ती महिलालाई बच्चा चोर्न आएको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । 

भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५०–५५ वर्षीया सयरी खातुन , मयरुन नेशा र छतौटी खातुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो । 

स्थानीयले तीनैजना भारतीय महिलाले घरमा छिरेर बच्चा चोर्ने प्रयास गरेको आरोप लगाएपनि प्रहरीले भने बच्चा चोर्ने प्रयास गरेको यथेष्ट प्रमाण भने नभेटिएको जनाएको छ ।  

वडा प्रहरी कार्यालयको हिरासतमा रहेका तीनैजना महिलाले आफूहरु बच्चा चोर्न नभइ औंठीमा जडान गरिने पत्थर , जन्तर र जडिबुटी बेच्न वीरगन्ज आएको बयान दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १ : ४२ बजे