काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १२ : ५१ बजे
प्रतिक्रिया