‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौं महानगर

काठमाडौँ ।​​​​​​​ काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । 

बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो । 

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले इन्द्रजात्रा काठमाडौंमा  मात्र सीमित नगराएर अन्न्तर्राष्ट्रियस्तरमै चिनाउन खोजिएको बताउनुभयाे । 

यसका लागि विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको महानगर प्रवक्ता तथा काठमाडौं वडा १७ का वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिनुभयाे । 

‘यस वर्ष हामीले इन्द्रजात्रा अवलोकनका लागि देशी विदेशी पाहुनालाई बोलाएको छौँ,’ उहाँले भन्नुभयाे, ‘कूटनीतिक नियमानुसार संघीय सरकारमार्फत विदेशी पाहुनालाई बोलाएका छौँ ।’ 

यस वर्षको इन्द्रजात्रा आउँदो शुक्रबार रहेको छ । तर, इन्द्रजात्राको सुरुवात भने भइसकेको छ । 
 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : १९ बजे