सिराहाका चार वटै क्षेत्रमा एमालेले टुङ्ग्यायो उम्मेदवार 

सिराहा । एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सिराहाका चार वटै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । 

सिराहा क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस हुनुभएको छ । 

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ३ को बैठकले पूर्व मन्त्री समेत रहनुभएका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दीपेन्द्र यादवले जानकारी दिनुभयो । 

क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफारिस गरिएको छ । ‘ख’ तर्फ तीन चार जनाको नाम आएकाले समय लाग्ने यादवले बताउनुभयो। 

निर्वाचन समन्वय कमिटी तथा प्रदेशसभा समन्वय कमिटी क्षेत्र नम्बर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुई जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीन जनाको नाम सिफारिस भएको छ । 

प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ । 

सिराहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफारिस भएको छ । 

प्रदेश  ‘क’ बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ०५ बजे