‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘सन्दीप लामिछानेले नाबालिगलाई पटक पटक बलात्कार गरेको जाहेरी’

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । 

परिसरले आज  विज्ञप्ति निकालेर लामिछाने विरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो । 

जाहेरी परे लगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी)मा बालिकाको  स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौँ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

“नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५  मा मिति २०७९/०५/०६ गते रातको अं.००ः२५ बजे पटक पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी परेको छ ।”

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सूक्ष्म रूपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

 

 

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : ५९ बजे