आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भारतीय स्थल सेनाध्यक्षले आज मुक्तिनाथको दर्शन गर्नुहुने

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने हुनुभएको छ । 

पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उहाँ आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । 

मुक्तिनाथको दर्शन गरी आजै उहाँ पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नुहुनेछ । 

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : ४८ बजे