आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय प्रेम तामाङ र पछाडि सवार स्थानीय ४६ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका थिए । 

घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा चालक प्रेमको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको हो । 

गए राति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साइडमा रहेको पोलमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : १८ बजे