आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पहिरो खस्दा मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध

सिन्धुली । पहिरो खस्दा मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध भएको छ । 

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्य पहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् । 

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताउनुभयो । 

“बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भन्नुभयो । बाटोमा सयौँ यात्रु अलपत्र परेको उहाँले बताउनुभयो ।  रासस

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : २३ बजे