आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

काठमाडौं– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

न्याय परिषदको मंगलबार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा. डा. डीएन पराजुलीको नाम सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दिक्षीत उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुखसमेत हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : १८ बजे